You are viewing the translated version of सेवाप्रदायकले शुल्क बुझाउनु पर्ने.

Section 44
सेवाप्रदायकले शुल्क बुझाउनु पर्ने
(१) प्रत्येक सेवाप्रदायकले आफूले सङ्कलन गरेको कुल महसुलको एक प्रतिशत रकम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीस दिन भित्र नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम शुल्क जम्मा गरेको रसिद वा भौचर सेवा प्रदायकले आयोगमा पेस गर्नु पर्नेछ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपभोक्ता संस्थाबाट सञ्चालन र व्यवस्थापन गरिएका दुई हजार धारासम्म भएका सामुदायिक सेवा प्रणालीको हकमा त्यस्तो रकम जम्मा गर्नु पर्ने छैन।